करोड भ्युज बटुल्ने २०७४ का हिट आधुनिक गीत

फर्केर हेर्दा २०७४ सालमा नेपाली गीत संगीतले राम्रो भड्को मार्यो । धेरै नेपाली गीतहरु करोड क्बलमा प्रवेश गरे । पछिल्लो समय गीतको लोप्रियता युट्युबमा हेरिएको भ्युजको आधारले मापन गरिन्छ । त्यसैले युट्युब भ्युजलाई हेर्न हो भने २०७४ मा ४ वटा आधुनिक गीत बम्पर हिट भए । जस्लाई एक करोड भन्दा धेरै पटक हेरियो । यहाँ १ करोड भ्युज बटुल्ने ४ वटा आधुनिक गीतलाई प्रस्तुत गरिएको छ ।


१.भाइरल भै दियोः सविन कार्की र उनको समूहले फिचरिङ गरेको यो गीतलाई युट्युबमा १ करोड ५३ लाख भन्दा धेरै पटक हेरिएको छ । मानष राजको आवाजमा रहेको गीतमा उदय राज पौडेलले संगीत दिएका छन् । सविन कार्की आफैले कोरियोग्राफी गरको म्युजिक भिडियो गीतको बोल भाइरल भैदियो जस्तै भाइरल भयो । युट्युबमा यो गीत करोड भ्युज क्लबमा प्रवेश गर्यो ।

२.कसरी भनुँः युवा पुस्तामा माझ लोकप्रिय गायक हुन स्वप्न सुमन । करोड क्लबमा स्वप्न सुमनको गीत कसरी भनुँ भन्ने पनि प्रवेश गर्यो । आफ्नै शब्द, संगीत र आवाजमा स्वप्नले गाएको गीतको लिरिकल भिडियोले युट्युबमा तहल्का पिट्यो । लिरिकल भिडियोलाई युट्युबमा १ करोड ४७ लाख भन्दा धेरेपटक हेरिएको छ ।

३.माछीले खाने खोलीको लेऊः सरोज ओली र मेलिना राईले गाएको माछीले खाने खोलीको लेऊ लोकप्रिय बन्यो । परम्परागत नेपाली पहिरनमा नायिका प्रियंका कार्की, कार्टुन्ज क्रुका आश्मा र सरोज अधिकारीले भिडियोमा फिचरिङ गरे । बसन्त सापकोटाको संगीतमा रहको गीतलाई युट्युबमा १ करोड ३२ लाख भन्दा धेरै पटक हेरिएको छ ।

४.दिलको भित्तामाः दिलको भित्तामा बोलको गीतले २०७४ मा गज्जब चर्चा कमायो । कार्टुन्ज क्रु द्धारा अभिनित गीतमा अल्मोडा राणा उप्रेती, अन्जीला रेग्मी र नविन रावलले आवाज दिएका छन् । मिलन विष्टको संगीत रहेको गीतको म्युजिक भिडियोको कोरियोग्राफी आश्मा र सरोजले गरेका छन् । युट्युबमा यस्लाई १ करोड २८ लाख भन्दा धेरै पटक हेरिएको छ ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड