हलमा यो साता दुई नेपाली फिल्म, हेर्ने चाँही कुन ?

हरेक साता नयाँ नेपाली सिनेमाहरु प्रदर्शनमा आउने क्रममा यो साता दुई नयाँ नेपाली चलचित्रहरु प्रदर्शनमा आएको छ । यो साता छेतेन गुरुङको निर्देशनमा बनेको चलचित्र ‘डमरुको डण्डिबियो’ र यादवकुमार भट्टराईको निर्देशनमा बनेको चलचित्र ‘भोर’ प्रदर्शनमा आएको हो ।

डमरुको डण्डिबियोः समृद्धि इंटरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रमा खगेन्द्र लामिछानेको लेखन, विनोद गुरुङ र छिरिङ घलेको लगानी छ । लमजुङको घले गाउँ र काठामाण्डौँमा छायांकन भएको चलचित्रमा स्पोस्र्टस ड्रामा देख्न सकिने निर्माण टीमले जनाएको छ । चलचित्रमा खगेन्द्रको साथमा मेनुका प्रधान, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, मिश्री थापा, नमिता घिसिङ, इंगि होपू कोइंच सुनुवार, अशान्त शर्मा, अंकित खड्का लगायतका कलाकारहरुको चलचित्रमा अभिनय छ ।

भोरः राज तिमिल्सिना र राम गोपाल थापाले निर्माण गरेको चलचित्र ‘भोर’का कार्यकारी निर्माता देवेन्द्र प्रसाद सुवेदी छन् । कृष्ण धाराबासीको कथामा तयार फिल्मलाई उज्जल ढकालले सम्पादन गरेका छन् । राम नारायण ठाकुर, अनिता रानी मण्डल, प्रमेश झा, डली सरकार, पूजा कर्ण, मदन ठाकुर, विष्णुकान्त झा लगायतका फिल्ममा मुख्य अभिनयमा छन् । मुख्यतः मिथिलाञ्चलका स्थानिक कलाकारहरुको बाहुल्यता रहेको फिल्मको सम्पुर्ण छायाँकन जनकपुरमा नै गरिएको छ । चलचित्रमा महिलामाथी दाइजोकै नाममा हुने हिंसा, न्यायको खोजीमा लाग्दा न्याय पाउनकै लागी गर्नुपर्ने संघर्ष र घरभित्रै हुने शारिरिक तथा मानशिक यातनालाई देखाईएको छ ।

यी दुई नेपाली चलचित्रको साथमा यो साता नेपाली चलचित्रहरु ‘शत्रु गते’, ‘लिलि बिली’, ‘कोहलपूर एक्सप्रेस’, ‘ह्याप्पी डेज’ र हलिउडको चर्चित फिल्म ‘एभेन्जर इन्फिनिटी वार’ प्रदर्शन भईरहेका छन् ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड