यस्तो छ नरेन्द्र मोदीको भ्रमण तालिका

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही बैशाख २८ मा नेपाल भ्रमणमा आउने भएपछि त्यस्को तयारी तिब्र पारीएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो । सोही निम्तोअनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणमा यही वैशाख २८ गते काठमाडौं आउन लाग्नु भएको हो । प्रधानमन्त्री मोदीलाई सोही दिन काठमाडौंको टुँडिखेलमा विशेष समारोहका विच स्वागत गरिनेछ । भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । सोही दिन प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षीसँग औपचारिक वार्ता गर्दै पारस्परिक हितका विविध विषयमा विचार आदान प्रदान गर्ने कार्यक्रम तय भएको छ ।

यसैगरी दुई देशका दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । भारतका प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शिष्टाचार भेट गर्ने बताईएको छ । भारतका प्रधानमन्त्री मोदीले जनकपुर र मुक्तिनाथको भ्रमण गर्नु हुने छ । भने काठमाडौँ महानगरपालिकाले काठमाडौँमा र जनकपुर उपमहानगरपालिकाले जनकपुरमा मोदीको नागरिक अभिनन्दन गर्ने समेत कार्यक्रम तय भएको छ । सन् २०१४ मा भारतका प्रधानमन्त्री मोदी दुई पटक नेपालको भ्रमणमा आउनु भएको थियो । उहाँको यो तेस्रो नेपाल भ्रमण हो । मोदीले नेपालमा रहँदा विभिन्न पर्यटकीय स्थलहरुको अवलोकन तथा भ्रमण गर्ने कार्यक्रहरु समेत रहेको बताईएको छ ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड