बहिनी भनेर बोलाएकी केटीलाई बिवाह गर्न जोगिन्दरले बोलेका थिए यस्तो झुट

‘जोगिन्दर’ नामबाट चिनिएका हाँस्यकलाकार हुन् शिवशंकर रिजाल । पछिल्लो समय टेलिभिजन शो, स्टेज कार्यक्रम र बिभिन्न टेलिसिरियलहरुमा ब्यस्त उनी जागिरवाट भने अवकाश लिईसकेका छन् । सरकारी कामबाट अवकाश लिएपछि आजकल उनको पूर्ण समय कलाकारितामा नै बित्ने गरेको छ । शिवशंकर मात्र नभएर उनकी पत्नी श्रृजा मैनाली पनि सरकारी जागिरे हुन् । कृषि मन्त्रालय अन्र्तगतको एक प्रोजेक्टमा कार्यरत श्रृजा र शिवशंकरको अहिले दुई छोराहरु छन् ।

१३ बर्षअघि बिवाह गरेका उनीहरुको बिवाहको कुराकानी चल्दाको क्षण एकदमै रोमाञ्चक र गज्जबको छ । शिवशंकरले श्रृजालाई सुरुमा बोलाउँदा बहिनी भनी बोलाएका थिए । १३ बर्ष अगाडीको क्षणलाई सम्झदैँ शिवशंकर भन्छन् – ‘चिन्दै नचिनेको केटीलाई के भनेर बोलाउने भन्ने लागेको थियो । त्यो समयका मैले बहिनी भनेर बोलाएँ । उनी त्यो समयमा बि.बि.एस. मा पढ्दै थिईन् । उनलाई म त्यहाँ केटी हेर्न गएको हो भन्ने थाहा थिएन ।’

आफ्नो बिवाहको किस्साको बारेमा थप सुनाउँदै शिवशंकर भन्छन्, ‘मलाई केटी मन परिसकेपछि श्रृजाको र मेरो फेरी अर्को भेट भयो । भेटघाटको क्रममा कुराकानी भयो । हामी दुवैलाई एकअर्का मनपरिसकेपछि मेरो दोश्रो वार्ता ससुराबुवासँग भयो । ससुराबुवासँगको कुराकानीमा सम्पती के–कति छ भन्ने कुरा भयो । मैले त्यो समयमा हाम्रो भएको सम्पतीभन्दा एकदमै कम सम्पती भएको भन्देको थिएँ । बिवाह पछि ससुराबुवाले हाम्रो बास्तविक सम्पतीको बारेमा पछि मात्र थाहा पाउनुभयो ।’ बिवाहको बारेमा बताउँदै गर्दा उनकी श्रीमती श्रृजा भने लाज मानिरहेकी थिईन् ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड