स्पाइडरम्यानको परिकल्पना गर्ने स्टिभ डिट्कोको रहस्यमय मृत्यु

पछिल्लो समय हलिउड फिल्मको चर्चित सुपरहिरो तथा कमिक सुपरहिरो स्पाइडरम्यानको परिकल्पना गर्ने स्टिभ डिट्कोको रहस्यमय मृत्यु भएको छ । प्रहरीका अनुसार ९० वर्षका डिट्को आफ्नो घरमा मृत अवस्थामा भेटिएका थिए । उनले १९६० मा मार्वल्स कमिक्स र स्टेन ली सँग मिलेर स्पाइडरम्यानको परिकल्पना गरेका थिए । उनले डाक्टर स्ट्रेंज कमिक क्यारेक्टर पनि बनाएका थिए । उनको कमिक क्यारेक्टर पछि फिल्ममा पनि आएको छ ।

न्यूयोर्क प्रहरीका अनुसार उनको लाश उनको मृत्यु भएको २ दिनपछि भेटिएको थियो । म्यानहटनमा बनेको आफ्नो स्टुडियोमा उनी आफ्नो मृत्यु हुनुअघिसम्म पनि कमिक क्यारेक्टरको लुक डिजाइन गरिरहेका थिए । डिट्कोको जन्म पेन्सलभेनियामा २ नोभेम्बर १९२७ मा भएको थियो । उनले आफ्नो जीवनकालमा दर्जनभन्दा बढी सुपरहिरो र सुपरभिलेन कमिक क्यारेक्टरलाई सदाका लागि स्मरणीय बनाइसकेका छन् ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड