विश्वकप फाइनलका लागि पुनम पाण्डे काठमाडौँमा

विश्वकप फाइनलमा नेपाली समर्थकहरुलाई मनोरञ्जन प्रदान गर्न भारतीय मोडल पुनम पाण्डे काठमाडौं आएकी छिन्। दरबारमार्गस्थित डेजाभु क्लबले पुनमलाई काठमाडौं ल्याएको छ । क्लबका सञ्चालक केपी गैरेले नेपाली फ्यानको मनोभावना पूरा गर्नको उनलाई नेपाल ल्याइएको र पुनमले फ्यानहरुसँगै रहेर विश्वकप फुटबल हेर्ने बताए ।

साथै शनिबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनको पनि आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा पाण्डेले विश्वकप क्रोएसियाले जितोस भन्ने पक्षमा रहेको बताइन् । आफु पहिलोपटक नेपाल आएको बताउँदै उनले नेपाल धेरै सुन्दर देश भएको प्रतिक्रिया दिइन् । पुनम पाण्डे भारतकी निकै विवादस्पद मोडल हुन् । अर्धनग्न तस्विर र भिडियोका कारण चर्चामा आइरहने मोडल हुन् । उनले केहि हिन्दी र तेलेगु फिल्ममा पनि अभिनय गरेकी छिन् ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड