‘बाबु कान्छा’ ले निराश बनायो सलोनलाई

नायक सलोन बस्नेतलाई फिल्मको कमि छैन् । उनीद्धारा अभिनित फिल्महरु धेरै रिलिज भए र त्यी सबै फिल्महरुले आक्रामक ब्यापार पनि गरे । ‘होस्टेल’ देखि सुरु भएको सलोनको यात्रा ‘ए मेरो हजुर २’ सम्म आइपुग्दा पनि केवल सहायक भूमिकामा मात्रै टुंग्याए । उनलाई दर्शकहरुले केवल सहायक भूमिकामा मात्रै रुचाए त ? यो प्रश्न यतिबेला उब्जिएको छ । सलोन बस्नेत एक अब्बल निर्देशक शोभित बस्नेतका छोरा हुन् । आफ्नै बुवा निर्देशक भए पनि उनले बाहिरी ब्यानरका फिल्म मात्रै गरे । तर सबै सहायक भूमिका मात्रै । त्यसपछि सलोनलाई उनी सहायक भूमिकामा मात्रै फिट हुन्छन् अनि सोलो हिरोको रुपमा आउँदा उनका फिल्म चल्दैनन् भन्ने आरोप लाग्न थाल्यो । त्यसैले यहि आरोपलाई गलत सावित गर्न पनि सलोन पहिलोपटक सोलो हिरोको रुपमा ‘बाबु कान्छा’ मार्फत दर्शकमाझ आए । जस्लाई पिता शोभित बस्नेतले निर्देशन गरे । तर यतिबेला ‘बाबु कान्छा’ सलोनका लागि अर्को र्दुभाग्य बनेको छ ।

खासै प्रचारप्रसार पनि नगरिएको फिल्मलाई दर्शकहरुले रुचाएको पाइएन् । फिल्मको माउथ पब्लिसिटि पनि राम्रो छैन् । करिश्मा श्रेष्ठसँग अनस्क्रिन रोमान्स गरेका सलोनको ‘बाबु कान्छा’ले जादु देखाउन सकेन् । सोलो हिरोको रुपमा उनले सफलता पाउन सकेनन् । ‘बाबु कान्छा’ले गरेको कलेक्शन निकै दयनिय छ । युवापिँढीमाझ सलोनको राम्रो क्रेज छ । थुप्रै प्रशंसकहरु छन् सलोनका । तर राम्रो कथा वस्तुको अभाव र निर्देशकिय कमजोरीका कारण ‘बाबु कान्छा’ ले सलोनलाई सोलो हिरोको रुपमा स्थापित गर्न भने सकेन् ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड