एलिना र हर्कुलसको स्वरमा आयो ‘छोएर मलाई’

गायिका एलिना बिष्ट र गायक तथा संगीतकार हर्कुलस बस्नेतको स्वरमा रहेको नयाँ गीत ‘छोएर मलाई’ सार्वजनिक भएको छ । बुधबार युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा माया र प्रेमको सुन्दर भावलाई देखाउन खोजिएको छ । सन्तोष पोखरेलको शब्दरचनामा रहेको गीतको संगीत हकुलस बस्नेतले नै भरेका हुन् । गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन् । हेरौँ भिडियोः

गीतको भिडियोमा हर्कुलसको साथमा उनको ब्याण्डलाई पनि देख्न सकिन्छ । लुमन स्थापितले लिड गितार सम्हालेको ब्याण्डमा अशोक बस्नेतले रिदम गितार बजाउने जिम्मेवारी पाएका छन् भने गीतलाई उज्वल स्रेयन महतले मिक्सिङ गरेका हुन् । ब्रायन राईले खिचेको गीतको भिडियोलाई बिनय कंशाकारले सम्पादन गरेका हुन् ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड