‘कथा काठमाण्डौं’मा प्रमोदको कतिवटा लुक्स ?

प्रमोद अग्रहरी अहिले चर्चामा छन् । चलचित्र ‘कथा काठमाण्डौं’को गीतमा नायिका प्रियंका कार्कीसँग दिएको बोल्ड दृश्यका कारण उनको चर्चा चुलिएको छ । कतिपयले उनलाई व्यंग्य गर्दै नेपाली इमरान हाशमीको पहिचान पनि दिन थालेका छन् । तर, प्रमोद भन्छन्, ‘कलाकार भएपछि विभिन्न भूमिका निवार्ह गर्नु कर्तव्य हो । पात्रको गहिराईलाई बुझेर जीवन्त तुल्याउनु कलाकारको धर्म हो । मैले कथा काठमाण्डौंमा पात्रलाई पछ्याएको मात्र हुँ ।’

प्रमोद बहुआयमिक कलाकार हुन् । उनी चलचित्रपिच्छे फरक फरक भूमिकामा देखिएका छन् । जुन पात्रको भूमिका निर्वाह गर्छन् त्यो पात्रमा प्राण भर्न सकेको प्रयास गर्छन् । सेतो सूर्य, दुई रुपैँया, चंखे शंखे पंखे, ग्याङस्टार ब्लुजमा उनी प्रहरीको भूमिकामा देखिएका छन् । चलचित्र उमामा ‘माओवादी कमाण्डर’ छक्का पञ्जामा ‘बाबा मस्त मोला’, पण्डित बाजेको लौरीमा ‘चैते’ र सिंहदरबार टेलिश्रृंखलामा ‘अर्थमन्त्री युवराज झा’ बनेका छन् । उनले निर्वाह गरेका अधिकाँस पात्र दर्शकलाई यथार्थ र जीवन्त लाग्छन् । आफुले भूमिका निर्वाह गर्ने पात्रलाई उनी गहिरीएर अध्ययन गर्न रुचाउँछन् । फलस्वरुप नायक होस् वा खलनायक जुन चरित्रमा पनि फिट देखिन्छन्, प्रमोद ।

असोज १२ देखि प्रर्दशनमा आउन लागेको चलचित्रमा उनको पात्र धेरथोर गीतको भिडियोमा झल्कीएको छ । शहरको बिग्रेको युवाको प्रतिनिधित्व गर्ने प्रकारको पात्रको रुपमा प्रमोद देखिएका छन् । तर, उक्त फिल्मको पात्रबारे उनी धेरै खुल्न चाहन्दैनन् । उनी भन्छन्,‘ट्रेलर सार्वजनिक भएपछि मेरो पात्रबारे धेरथोर रहस्य आफैं खुल्नेछ ।’ ‘कथा काठमाण्डौं’का सार्वजनिक पोस्टरहरु नियाल्ने हो भने पोस्टर नै पिच्छे प्रमोदको लुक्स र गेटअप फरक देखिएका छन् ।

प्रायः चलचित्रमा कलाकारको लुक्स र गेटअप एउटै हुन्छ । यद्यपि, ‘कथा काठमाण्डौं’ ले प्रमोदको हकमा भने त्यो कुरालाई पछ्याएको छैन । यसरी एउटै चलचित्रमा फरक फरक लुक्समा देखिनुको कारणलाई पनि चलचित्र निर्माण पक्षले गोप्य नै राख्न खोजेको छ । तस्विरमा हेर्नुहोस् एउटै चलचित्रमा प्रमोदको तीनवटा लुक्स ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड