सबैभन्दा धेरै पारिश्रमिक लिने दक्षिण भारतीय स्टारको सुचीमा पर्छन् महेशबाबु, लिन्छन् यति रकम

दक्षिण भारतीय फिल्मका सुपरस्टार महेशबाबु फिल्मी परिवारको पृष्ठभुमिबाट भएता पनि आफ्नो मेहनतले नै आफुलाई चलचित्र क्षेत्रमा स्थापित गरेका हुन् । आज उनको गन्ती दक्षिण भारतीय फिल्मको सबैभन्दा बढी पारिश्रमिक लिने हिरोहरुमा सुचीमा पर्छ ।

९ अगस्टमा जन्मेका महेश बाबुले ४ बर्षको उमेरमा नै फिल्ममा काम गर्न सुरु गरेका थिए र आज उनी एउटा फिल्मको लागि करोडौँ रकम लिने गर्छन् । महेशले एउटा फिल्मबाट १६ करोड हाराहारीमा पारिश्रमिक लिने गर्छन् । उनको ‘सम्राट’ नाम फिल्म १६ नोभेम्बरमा रिलिज हुदैँछ भने ‘जन गन मन’ नामक तेलेगु फिल्म २१ डिसेम्बरमा रिलिजको तयारीमा छ ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड