आयुष्मान भन्दा पहिला जोन अब्राहमलाई अफर गरिएको थियो ‘विकी डोनर’, यसकारण छोडिदिए

बलिउड अभिनेता जोन अब्राहम अभिनेताको साथमा चलचित्र निर्माता पनि हुन् । जोनले २०१३मा आफ्नो फिल्म ‘विकी डोनर’बाट आयुष्मान खुरानालाई बलिउडमा डेब्यु गराएका थिए । जोनले नव–प्रतिभालाई अघि बढाउनको लागि आफ्नो स्थानबाट सक्दो प्रयास गरिरहेका पनि छन् । जोनले आफैँले निर्माण गरेको फिल्महरुमा पनि बाहिरबाट आएका मान्छेहरुलाई काम दिईरहेका छन् ।

बलिउडमा अभिनेताहरु निर्माता बन्ने क्रम बढिरहेको छ । यस्तो अवस्थामा जोनले पनि आफ्नो प्रोडक्सन हाउस खोलेका छन् । एक अन्तर्वार्ताको क्रममा जोनले ‘विकी डोनर’को अफर पहिला आफुलाई आएको जनाएका छन् । उनले भने, “मलाई यो रोलको अफर आएको थियो तर मैले निर्देशकलाई भनेँ की म यो रोलको लागि फिट छैन ।”

“आयुष्मानले यो रोलको लागि न्याय गर्न सक्छ । उनको एक्टिङले दर्शकलाई इम्प्रेस गरेकोमा म एकदमै खुसी छु । उ अब स्टार बनिसकेको छ, उ मेरो भाईजस्तै हो र म उसलाई एकदमै धेरै माया गर्छु । यदि कोही ब्यक्ति फिल्मी ब्याकग्राउण्डसँग सम्बन्धित भएन भने उसलाई फिल्म मिल्न कति गाह्रो हुन्छ भन्ने कुरा मलाई थाहा छ ।”, जोनले भने ।

जोन अब छिट्टै नै नयाँ फिल्म लिएर दर्शकमाझ आउँदैछन् । योभन्दा पहिला उनको परमाणु फिल्म रिलिज भएको थियो । परमाणुमा जोनको साथमा डायना पेंटीको पनि मुख्य भुमिका छ ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड