फेरी विवादमा तानिईन् सन्नी लियोन

पूर्वपोर्नस्टार र हाल बलिउड अभिनेत्री सन्नी लियोन फेरि विवादमा तानिएकी छन् । यसपटक उनको वास्तविक नामलाई लिएर उनी विवादमा आएकी हुन् । सन्नीको बायोपिक फिल्म ‘करनजित कौर: द अनटोल्ड स्टोरी’लाई लिएर उनी विवादमा तानिएकी हुन् ।

करनजित कौर सन्नी लियोनको वास्तविक नाम हो । यस फिल्ममा सन्नीको बाल्यकालदेखि पोर्न स्टार र बलिउड अभिनेत्री बन्दा सम्मको कथा समेटिएको छ । ५ जुलाईमा फिल्मको ट्रेलर रिलिज भएसँगै युट्युबदेखि ट्विटर, फेसबुकमा उनका समर्थक र विरोधीबीच टिप्पणीको वर्षा भइरहेको छ । फिल्मको नाम सन्नीको आफ्नै नाममा राखिएको भए पनि ‘कौर’ पञ्जाबी सिख समुदायसँग जोडिएको उपनाम हो । फिल्मको नाममा कौर आएसँगै परिवार र समुदायको नाम बदनाम गरेको आरोप सन्नीलाई लागिरहेको छ ।

शिरोमणि गुरुद्वारा प्रबन्धक समितिले फिल्मको नाममा आपत्ति जनाउँदै सन्नी लियोनले फिल्ममा कौर शब्दको प्रयोग किन गरिन् भन्ने प्रश्न गरेको छ । समितिका प्रवक्ता दलजित सिंह वेदीले एक अन्तर्वार्तामा भनेका छन्, ‘सन्नी सानोमा सिख भए पनि पछि धर्म परिवर्तनपछि इसाई भएकी हुन् । उनका श्रीमान् पनि इसाई हुन् । सिख धर्ममा सिंह र कौरजस्ता उपनामको महत्वपूर्ण स्थान छ । त्यसैले सन्नीले यो शब्दको प्रयोग नगरेको भए हुन्थ्यो ।’

फिल्ममा सिख परिवारमा जन्मिएकी करनजित कौर उर्फ सन्नी लियोन कसरी पोर्न इन्डस्ट्रीको सुपरस्टार बन्न पुगिन् भन्ने कथा छ । सन्नी लियोन आफ्नो बायोपिकमा आफंै काम गरिरहेकी छन् ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड