बाबुसँगको फाटोपछि निमालाई लिएर फिल्म गर्दै यशकुमार, निर्देशकमा डेब्यु गर्दै

गायकद्धय यशकुमार र बाबु बोगटीको सहकार्यमा कैयौँ चलचित्रहरु बनाए । उनीहरुले बनाएको फिल्म बाटो मुनीको फुल र त्यसको सिक्वेलले एकदमै राम्रो सफलता हाँसिल गर्यो । तर अहिले उनीहरुको सम्बन्धमा फाटो आएको छ ।

केहि समय अघि दुईओटा गीतको बिवादका कारण उनीहरुको सम्बन्धमा फाटो आएको हो । दुवैले एउटै गीतमा एकअर्काको अधिकार हुन्छ भन्ने बिवाद बढेपछि उनीहरुको सम्बन्धमा दरार आएको थियो । बाबुसँगको सम्बन्धमा दरार आएपछि गायक तथा अभिनेता यशकुमारले अब अर्का गायक रिमा रुम्बासँग मिलेर फिल्म बनाएका छन् । ’छिरिङ’ नामक चलचित्रमा यशकुमारले निमासँग मिलेर अभिनय गर्दैछन् ।

यसका साथै ‘छिरिङ’ को नयाँ गीत पनि रिलिज भएको छ । ‘तिमीले त मायामा…’ बोलको गीतमा यशकुमारकै संगीत, शब्द र स्वर छ । उनलाई विन्दु परियारले साथ दिएकी छन् ।

निमाले कागबेनीपछि गरेको फिल्म हो । फिल्ममा दुई पति भएकी एक युवतीको कथा समेटिएको छ । यसै फिल्मबाट गायक एवं अभिनेता यशकुमारले निर्देशकको रुपमा समेत डेब्यु गरेका छन् । सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको फिल्मलाई यश र यम थापासँग मिलेर लेखेका हुन् । फिल्ममा मानकृष्ण महर्जनको छायाँकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ । असोज १२ गतेदेखी प्रदर्शनमा आउनेछ ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड