म्युजिकल्ली गर्नुहुन्छ ?, ‘रोजी’को गीतमा गर्नेलाई १ लाख पुरस्कार

युवापुस्तामाझ लोकप्रिय म्युजिकल्लीलाई अब चलचित्र ‘रोजी’ले प्रचारप्रसारको गतिलो अस्त्र बनाएको छ । निर्माण टीमले चलचित्रको हालै सार्वजनिक ‘फूल हैन’ बोलको गीतमा म्युजिकल्ली प्रतिस्पर्धा आयोजना गरेको छ । गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टले सर्वोत्कृष्टलाई नगद रु. १ लाखले पुरस्कृत गरिने म्युजिकल्ली कन्टेस्ट शुक्रबार घोषणा गरेका हुन् ।

विजयी प्रतिस्पर्धीमध्ये ५० जनालाई आकर्षक गिफ्ट ह्याम्पर, उत्कृष्ट १० लाई कलाकारसँग डिनर डेटले पुरस्कृत गरिने भएको छ । साथै, दोस्रो र तेस्रो हुनेलाई कुनै एक फिल्म इन्स्टिच्युटमा विजेताले रुचाएको विधामा छात्रवृद्धि दिइनेछ ।

प्रतिस्पर्धीले ‘रोजी’ नेपाली फिचर फिल्म’ नामक अफिसियल फेसबुक पृष्ठको म्यासेज बक्समा भिडियो पठाउन सक्छन् वा वालमा सेयर गर्न सक्छन् । थापाले अहिले पनि इन्स्टाग्राम र फेसबुकबाट भिडियो प्राप्त भैरहेको बताइन् ।

एलिस कार्कीद्धारा संगीतबद्ध, प्रविशा अधिकारी र प्रताप दासको स्वर समावेश फूल हैनलाई निकै रुचाइएको छ । नीरक पौडेल निर्दे्शित क्राइम थ्रीलर फिल्म आगामी २२ भदौमा रिलिज हुँदैछ । फिल्ममा प्रदीप खड्का, मिरुना मगर र परमिता राणा मुख्य भूमिकामा छन् ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड