‘शत्रु गते’ ब्यानरले बनाउने ‘दाल भात तरकारी’मा स्वस्तिमा र पुष्पल

गतबर्षको सुपरहिट चलचित्र ‘शत्रु गते’ को निर्माण कम्पनी महसंचार र निर्माता किरण केसीले अब अर्को चलचित्र बनाउने भएका छन् । शत्रुगतेको सफलतापछि ‘दाल भात तरकारी’ बनाउन लागेको चलचित्र टीमले अब मुख्य कलाकारहरु पक्का गरेका छन् ।

चलचित्रमा नायिका स्वस्तिमा खड्का र नायक पुष्पल खड्का अनुबन्धित भएको प्रारम्भिक खबर बाहिरिएको छ । यद्यपी चलचित्रको लागि पुष्पलको भुमिका पक्का भईसकेको भएता पनि नायिका स्वस्तिमाको भने अझै सम्झौता नभएको बुझिएको छ । पुष्पलसँग भने चलचित्रको निर्माण टीमले सम्झौता गरिसकेको श्रोतको दाबी छ ।

किरण केसीका छोरा सुदन केसीको निर्देशनमा बन्ने चलचित्र २०७५ बैशाखमा प्रदर्शनमा आउने खबर छ । यद्यपी यसबिषयमा अहिलेसम्म पुष्टि भईसकेको छैन ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड