सुविन भट्टराईको ‘प्रिय सुफी’ विमोचन

सुबिन भट्टराईको उपन्यास प्रिय सुफीको बिमोचन भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादिको प्राङ्गढमा पुस्तक बिमोचन भएको हो । कार्यक्रमको सुरुवातमा गायिकाद्वय शितल मोक्तान र सुवानी मोक्तानले लगातार ४ वटा साङ्गितिक प्रस्तुती दिएर सुविनका पाठकहरुलाई मन्त्रमुग्ध पारेका थिए । आमालाई सधैँ धन्यवाद मात्रै भनेर उनको योगदान नपुग्ने हुनाले आमा कुन्ति मोक्तानको लागी समर्पित भन्दै उनिहरुले “मेरो संसार, मेरो आमा‘।” बोलको गीत गाएका थिए । पहिलो माया यस्तो हो की‘, तिमी बिनाको जिवन काँडा भो‘ लगायतका गीत गाउँदै गर्दा दर्शकदिर्घबाट स्वर र तालिको लयले कार्यक्रमको साङ्गीतिक माहोललाई झन रोमाञ्चक बनाएको थियो ।

प्रिय सुफीको बिमोचन गायिकाद्वय शितल मोक्तान, सुवानी मोक्तान, नायिका आँचल शर्मा र लेखक सुबिन भट्टराईले एकसाथ गरेका थिए । उपन्यासको प्रमुख पात्र सुफीको माध्यमबाट लेखकले प्रेमको नयाँ परिभाषा दिएको र जिवनदेखि हार खाई निराश भएकाहरुलाई नयाँ जिवन जिउन प्रेरणा दिने पुस्तकका समिक्षक गणेश अघम ढुङ्गानाले बताए । तपाईको उपन्यासमा तपाई कत्तिको हुनुहुन्छ रु भन्ने कार्यक्रम सञ्चालिका सबिनाको प्रश्नमा लेखकले उपन्यासमा आफु पनि केहि प्रतिशत रहेको बताए ।

उपन्यासकार भट्टराईको यसअघि कथाकी पात्र, समर लभ, सायाँ र मनसुन उपन्यास प्रकाशित भइसकेका छन । दुई बर्षअघि मनसुन उपन्यासको बिमोचन गरेका भट्टराईले यो बर्ष पाठकहरुका माझ प्रिय सुफी ल्याएका हुन । एक फरक सन्दर्भमा सुबिन भट्टराईले आफ्नो १०० औँ कृति यो हो भनेर पाठकहरु सामु सार्वजानिक गर्ने दिन नै आफ्नो सपना भएको बताए । कुल ३१७ पृष्ठको यो उपन्यासमा निलम भुर्तेलले आवरण कला भरेका हुन । फाइनप्रिन्ट बुक्सले बजारमा ल्याएको यो उपन्यासको मुल्य रु। ३७५ छ ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड