‘द कपिल शर्मा शो’ को नयाँ सिजन लिएर फर्कदै छन् कपिल, सुनिल पनि आउने

चर्चित कमेडियन तथा अभिनेता कपिल शर्मा एक पटक फेरि सानो पर्दामा फर्किने तयारी गर्दै छन् । उनको सुपर कमेडी शो ‘कपिल शर्मा शो’ चाँडै फेरि सुरु हुँदैछ । यस सन्दर्भमा, उनले ट्विट गर्दै आफु फेरि पनि सोनी टेलिभिजनमा फर्कन लागेको आफ्ना प्रशंसकहरुलाई जानकारी दिए। यस वर्ष मार्च देखि कपिल गायब भएको थिए ।उनको शो ‘फेमली टाईम विथ कपिल’ बीचमा बन्द भएको थियो। यो उल्लेखनीय छ कि कपिल एक डिप्रेशन जस्तो गम्भिर बिमारीसँग जुधिरहेका छन र उपचार गरिहरहेका छन ।


कपिलको तौल पनि बढेको छ र उनी सोशल मिडियामा धेरै सक्रिय छैनन्। भारतीय मिडियाका अनुशार उनको नयाँ शो पनि सोनि टिभीमै आउनेछ । उनी द कपिल शर्माको शो को नयाँ सिजन लिएर दर्शक माझ आउने छन् । साथै कपिलसँगै सुनिल ग्रोवर पनि शो मा फर्कने चर्चा ब्यापक भएको छ ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड