झनै विवादित बन्दै तनुश्री र नाना पाटेकर बीचको विवाद

तनुश्री दत्ताले लगाएको यौन शोषणको आरोपबारे जवाफ दिन नाना पाटेकरले आज गर्ने भनिएको पत्रकार सम्मेलन अचानक रद्द गरेका छन् । यसअघि उनले आज पत्रकार सम्मेलन गर्ने कार्यक्रम थियो । यद्यपि नानाले किन पत्रकार सम्मेलन रद्द गरे भन्ने खुलेको छैन । नानाका छोरा मल्हारले आइतबार राती सबै मिडियालाई म्यासेज पठाएर यो जानकारी दिएका हुन् । उनले लेखेका छन् ‘अन्तिम समयमा यो म्यासेज पठाएकोमा माफी चाहन्छु । यो सूचना दिन चाहन्छु कि भोलि हुने भनेको प्रेस कन्फ्रेन्स हुने छैन । छिट्टै यसबारे थप जानकारी दिनेछौं ।’

अचानक प्रेस मिट रद्द भएपछि यस विषयमा अनेक अनुमान गरिएका छन् । केहीले नाना मिडियाको प्रश्नसँग डराएको टिप्पणी गरेका छन् । केहीले नानाले यो घटनाको वास्तविकता नै सार्वजनिक गर्न नचाहेको भनेका छन् । तनुश्रीले आरोप लगाउँदा नाना जोधपुरमा फिल्म हाउसफुल ४ को सुटिङ गर्दै थिए । उनी शनिबार मात्र मुम्बइ पुगेका हुन् ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड