‘छक्का पञ्जा ३’ ले रेकर्ड बनायो, पहिलो दिन कमायो यति रकम

छक्का पञ्जा ३ ले पहिलो दिन आक्रामक ओपनिङ गरेको छ । ननहोलिडे रिलिज भएर पनि ‘छक्का पञ्जा ३’ ले बुधवार एक करोड ३० लाख ग्रस कलेक्शन गरेको छ । निर्माता दिपकराज गिरीका अनुशार फिल्मले पहिलो दिन देशभरबाट यति रकम ग्रस कलेक्शन गरेको हो । तर एकिन कलेक्शन कति भयो भन्ने विवरण चाँही आइसकेको छैन् । जबकी बिदाको दिन रिलिज भएको छक्का पञ्जा २ ले पहिलो दिन एक करोड ५३ लाख ग्रस कलेक्शन गरेको थियो । बिदाको दिन रिलिज नहुँदा पनि ‘छक्का पञ्जा ३’ ले नयाँ रेकर्ड बनाएको छ । नन होलिडे रिलिज हुँदा पनि नेपाली फिल्मले झण्डै डेढ करोड कलेक्शन गरेको यो पहिलो रेकर्ड हो ।

जातीय विभेद, विद्यालयमा हुने राजनीति, गरिबी, अशिक्षा र बेरोजगारी जस्तो संवेदनशिल विषयमा बनेको चलचित्रले वाहवाही पाइरहेको छ । चलचित्रको कथा दीपकराजले लेखेका हुन् । यस अघिका फिल्ममा मनोरञ्जन मात्रै प्रदान गरेको आरोप लागेकाले ‘छक्का पञ्जा ३’ मा मनमेरञ्जनसँगै शिक्षा दिएको दर्शकको अभिव्यक्तिले निकै उत्साह निर्देशक दिपाश्री निरौलाले बताइन् ।

चलचित्रप्रति दर्शकको उत्साहपूर्ण क्रेजलाई मध्यनजर गर्दै मल्टिप्लेक्समा सोमबार साँझबाटै बुकिङ खुलाइएको थियो । दशैँको छेको पारेर प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ३’ मा दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, दीपिका प्रसाई, लक्ष्मी गिरी, शिवहरि पौडेल, विल्सन विक्रम राई, निर शाह, यमन श्रेष्ठ, किरण केसी, शारदा गिरी, लगायतका कलाकारहरु मुख्य भूमिकामा प्रस्तुत भएका छन् । चलचित्रमा प्रियंका कार्की, वर्षा राउत, सञ्जोग कोइराला, स्वस्तीमा खड्कालगायतका कलाकारहरुको समेत अभिनय रहेको छ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड