पोष्टरमा ‘रणवीर’, माघ १८ रिलिज डेट

चलचित्र ‘रणवीर’ युनिटले मोसन पोष्टर सार्वजनिक गरेको छ । आउँदो माघ १८ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्र रणवीरको सार्वजनिक पोष्टरमा फिल्मको एन्टागोनिस्ट र प्रोटागोनिस्ट बीचको द्वन्दलाई देखाइएको छ । ‘ऐश्वर्य’मार्फत चर्चामा आएका प्रशान्त ताम्राकार र अभिनेता सुशील सिटौला एन्ग्री लुक्समा देखिएका छन् । एक्सन, सस्पेन्स र थ्रिल मिश्रित चलचित्रको अहिले हलमा टिजर समेत रिलिज गरिएको छ ।

फिल्ममा सुशिल र प्रशान्तसँगै हरिहर शर्मा, नरेश पौड्याल, टिका पहाडी, रवी गिरी, जीवन भट्टराई, बसन्ती भट्टको अभिनय छ । साथै शुभेच्छा खड्का र सुपुश्पा भट्टले यहि फिल्मबाट डेब्यु गर्दैछन् । शिक्षित युवाले समाजमा गर्ने संघर्षको कथा बोकेको रणवीरलाई गोविन्दसिंह भण्डारीले निर्देशन गरेका छन् ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड