राम्रो समिक्षा बटुल्दै ‘छक्का पञ्जा ३’

बुधवारबाट देशभर रिलिज भएको ‘छक्का पञ्जा ३’ ले दर्शक र फिल्म समिक्षकहरुबाट राम्रो समिक्षा बटुलेको छ । यसअघि छक्का पञ्जा २ निकै विवादि बनेको थियो । तर छक्का पञ्जा ३ ले लाई भने दर्शक तथा फिल्म समिक्षकहरुले उत्कृष्ट चलचित्र भनेका छन् । ‘छक्का पञ्जा ३’ यसअघिका दुई सिरिज भन्दा उत्कृष्ट भएको फिल्म समिक्षकहरुले बताएका छन् । पहिलो दिनमै १ करोड ३० लाख ग्रस कलेक्शन गरेको ‘छक्का पञ्जा ३’ ले सामुदायिक विद्यालयमा हुने राजनिति र त्यसबाट पर्ने प्रभावलाई मुल रुपमा उठान गरेको छ ।

रिलिजको दोस्रो दिन आज पनि यो फिल्म देशभरका सिनेमा घरमा हाउसफुलका साथ चलिरहेको छ । दिपाश्री निरौला निर्देशित फिल्ममा दिपकराज गिरी, जितु नेपाल, दिपिका प्रसाई, केदा घिमिरे लगायतको मुख्य भूमिका छ । यो फिल्मले यसअघिका सबै रेकर्ड तोड्ने अनुमान गरिएको छ । दशैँमा सार्वजनिक बिदा धेरै भएकोले त्यो बेला अझै धेरै कलेक्शन गर्ने निश्चित छ ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड