कलाकार संघका अध्यक्ष बोगटीको अन्तिम दाहसंस्कार, भावुक बन्यो माहौल

चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको पशुपतिमा अन्तिम दाहसंस्कार गरिएको छ । टिकाथली स्थित निवास नजिक रुख काट्ने क्रममा रुखसँगै पोल ढलेर घाइते भएका उनको उपचारको लागि बि एन्ड बि अस्पातल लैजाने क्रममा बाटोमै निधन भएको थियो । ५८ वर्षिय बोगटीको मंगलबार निधन भए पनिआज मात्रै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको हो । छोरी अष्ट्रेलियमा रहेको हुँदा उनको दाहसंस्कार गरिएको थियो ।

बिहिवार अष्ट्रेलियामा रहेकी छोरी सिधै आर्यघाटमा पुगेकी थिइन् । अन्तिम श्रद्धान्जली दिँदै गर्दा परिवारका सदस्यहरुलाई सम्हाल्नै गाहे भएको थियो । कलाकारहरु पनि एकदमै भावुक बनेका थिए । बोगटीलाई अन्तिम श्रदान्जली सिनेकर्मी र रंगकर्मी पत्रकारहरुको सहभागीता रहेको थियो ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड