‘जिरो’ मा बाम पुड्के शाहरुख, कट्रिना र अनुष्कासँग रोमान्स

बलिउड स्टार शाहरुख खानको बहुप्रतिक्षित फिल्म ‘जिरो’ का दुई पोष्टर सार्वजनिक भएका छन् । सार्वजनिक दुई पोष्टर मध्य एकमा अनुष्का शर्मा र अर्कोमा कट्रिना कैफ देखिएकी छिन् । फिल्ममा शाहरुख बाम पुड्के देखिएका छन् । छोटो कदम भएका ब्यक्तिको जीवनीमा आधारीत फिल्मको ट्रेलर नोभेम्बर २ मा सार्वजनिक हुँदैछ । नोभेम्बर २ शाहरुख खानको जन्मदिन हो । शाहरुखको जन्मदिनमा ट्रेलर रिलिज गर्ने तयारी गरिएको छ । ‘जिरो’ को ट्रेलर फ्यानहरुका लागि गिफ्ट हुनेछ । बलिउडमा शाहरुख खानले विगत देखि नै चुनौतीपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । रोमान्टिक हिरोको छवि बनाएका शाहरुखका लागि ‘जिरो’ पनि निकै चुनौतीपूर्ण हुनेछ । यसअघि उनले फ्यानमा यस्तै भूमिका निर्वाह गरेका थिए । उमेरले ५० काटेका शाहरुख फ्यानमा २० वर्षिय युवक बनेका थिए । तर फ्यान भारतीय बक्स अफिसमा सुपर फल्प भएको थियो ।

आन्नद आरएल रायको निर्देशनमा बनेको फिल्म ‘जिरो’ले शाहरुखलाई जिरो बनाउँछ कि हिरो त्यो त हेर्न बाँकी छ । शाहरुखका समकालिन तथा प्रतिस्पर्धी सलमान र आमिरका फिल्मले ३ सय करोडको कलेक्शन गर्दा शाहरुखका पछिल्ला फिल्मले १ सय करोडको कलेक्शन पनि गर्न सकिरहेका छैनन् । यसअघि शाहरुखले ‘फ्यान’, ‘रावण’ र ‘माई नेम इज खान’ मा फरक भूमिका निर्वाह गरेका थिए । तर ‘माइ नेम इज खान’ बाट उनले फिल्म फेयर अवार्ड पनि जितेका थिए ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड