प्रथम खड्काको निर्देशनमा ‘म त गाउँले ठिटो’, जुना र बसन्तको अभिनय

प्रथम खड्काको निर्देशनमा बनेको ‘म त गाउँले ठिटो’ बोलको म्युजिक भिडियो रिलिज भएको छ । म्युजिक भिडियोमा चर्चित मोडल जुना सुन्दाश र गायक तथा मोडल बसन्त थापाले अभिनय गरेका छन् । भिडियोको निर्देशन तथा कोरियोग्राफी प्रथम खड्का क्षेत्रीले गरेका छन् ।

निर्देशक प्रथमले निर्देशन गरेको यो पहिलो म्युजिक भिडियो हो जसबाट उनले प्रशंसा बटुलेका छन् । टिपिकल गाउँले शब्दलाई टिपेर बनाइएको गीतमा बसन्त थापाले आवाज दिएका छन् । संगीत पनि गायक बसन्त थापाकै हो । भिडियोको छायांकन उत्सव दाहालले गरेका छन् भने सम्पादन अन्नत घिमिरले गरेका छन् ।

काठमाडौँमा बिहिवार एक औपचारिक कार्यक्रमको आयोजना गरि म्युजिक भिडियो रिलिज गरिएको हो । गीतकार तथा संगीतकार एक नारायण भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मोडल जुना सुन्दास, मोडल तथा गायक संगीतकार बसन्त थापा, चर्चित मोडल दुर्गेश थापा, गायक याम क्षेत्री, कुलेन्द्र विक लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो । गीतको शब्द दिपेन्द्र अधिकारीले लेखेका छन् ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड