‘जिरो’ को ट्रेलरले तोड्यो सबै रेकर्ड, २४ घण्टा नपुग्दै ३ करोड भन्दा बढी पटक हेरियो

बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘जिरो’ को ट्रेलरले नयाँ रेकर्ड बनाएको छ । २४ घण्टा नपुग्दै यो फिल्मलाई ३ करोड भन्दा धेरै पटक युट्युबमा हेरिएको छ भने १० लाख भन्दा धेरैले लाइक गरेका छन् । त्यस्तै ट्रेलरमा १ लाख भन्दा धेरैले कमेन्ट गरेका छन् । ट्रेलरलाई अधिकांशले मनपराएका छन् । जिरोमा शाहरुख बाम पुड्के ब्यक्तिको भूमिकामा देखिएका छन् । जिरोले बनाएको यो रेकर्ड हिन्दी फिल्ममा अहिलेसम्म कुनै पनि पनि फिल्मका ट्रेलरले बनाएको छैन् । । बलिउड अभिनेता आमिर खान, अक्षय कुमार लगायत कयौँ बलिउड स्टारहरुले समेत जिरोको ट्रेलरको प्रशंसा गर्दै बधाई दिएका छन् ।

बाम पुड्के भूमिकामा देखिएका शाहरुखका लागि यो फिल्म निकै लक्की हुने अपेक्षा उनका फ्यानहरुले गरेका छन् । जिरोको ट्रेलर नोभेम्बर २ मा उनको जन्मदिनको अवसर पारि सार्वजनिक गरिएको हो । युट्युबमा जिराको ट्रेलरको म्युज बढ्ने क्रम अझै जारि छ । डिसेम्बर २१ मा रिलिज हुन थालेको जिरोमा शाहरुख खानसँगै अनुष्का शर्मा र कट्रिना कैफ मुख्य भूमिकामा छन् । फिल्ममा अनुष्का शर्माले एक अपाङ्ग महिलाको भूमिका निर्वाह गरेकी छिन् भने कट्रिनाले एक फिल्म स्टारको भूमिका निभाएकी छिन् । शाहरुखसँग सँगै कट्रिना र अनुष्काको कामलाई पनि तारिफ गरिएको छ ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड