गायिका निशु ढकालको’आयो तिहार लिएर देउसी'(भिडियो सहित)

हिन्दुहरुको दोस्रो ठूलो चाड तिहारको रन्को शुरु भएको छ । तिहार नजिकिदैं गर्दा तिहारमा घन्किने देउसी–भैलोका गीतहरु पनि नयाँ–नयाँ आइरहेका छन् । यही बीचमा गायिका निशु ढकालले अहिले सम्मकै उत्कृष्ट नयाँ गीत लिएर आएकी छिन् । ‘आयो तिहार लिएर देउसी’ बोलको गीत सार्वजनिक भएको छ । नेपाली समाजमा देउसी, भैलो खेल्ने प्रचलन रहँदै आएको छ । तिहारमा आफ्ना स्रोता एवं दर्शकहरुलाई पूर्णरुपममा मनोरञ्जन दिनका लागि उनले तिहारलाई लक्षित गर्दै यो म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन् । राम्रा गीत श्रृजना गर्ने गीतकारका रुपमा चिनिएकी निशुको पछिल्लो गीत ‘आयो तिहार लिएर देउसी’ बोलको गीतमा तिहारमा हुने उत्साह र उमंगलाई समेटेको छ । नविन के तिमल्सिनाको शब्द, संगीत तथा एरेन्ज रहेको उक्त गीतको भिडियोमा एञ्जिला, शिल्पा र रुपाको नृत्य रहेको छ ।

निशुले यसअघि दशैंको अवसरमा यो रमाइलो दशैं आयो बोलको गीत सार्वजनिक गरेकी थिइन् । उक्त गीतलाई दर्शक श्रोताले निकै मन पराइदिएको उनले बताइन् । संगीतमा भविष्य खोज्दै गायिका निशु विगत केही बर्षदेखि सांगीतिक यात्रामा निरन्तर क्रियाशील छिन् । यसभन्दा अघि पनि उनका गीत लोकप्रिय भइसकेका छन्

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड