हलिउडमा अभिनय कोर्स गर्दै गरेका रितेश चाम्स

हामी सबैलाई अवगत नै छ नेपालमा मात्र होइन विदेशमा बसेर पनि धेरै नेपाली कलाकार नेपाली कला क्षेत्रमा आबद्ध भएका छन् | त्यसै मध्यका एक हुन् नायक रितेश चाम्स | हुन त उनलाई हामीले नायकको हिसाबमा सम्बोधन गर्यौ | तर उनि भने आफुलाई कलाकार भन्न रुचाउछन् | विभिन्न खालको पात्रमा अभिनय गर्ने आफ्नो रुची रहेको र भिन्न प्रस्तुति दर्शकहरुको माझ दिने आफ्नो सधैव प्रयास रहने समेत उनले बताएका छन् | उनि हाल नेपाल आएका छन् | केहि दिन अगाडी मात्र उनि आफ्नो नया प्रोजेक्टको तयारीमा नेपाल आएका हुन् |

उनि संगको छलफल तल भिडियोमा हेर्न सकिन्छ | बाल कलाकार देखि अभिनय क्षेत्रमा पाईला राखेका उनले यु टर्न, हेप्पी डेज, बलाईनड रक्स, लिलिबिली, ब्ल्याक समर लगायतको चलचित्रमा अभिनय गरिसकेका छन् | उनि अभिनित ‘ब्ल्याक समर’ नामक चलचित्र भने छिट्टै नै नेपालमा प्रदर्शनमा आउदैछ | यस्तै अहिले उनले बेलायतमा नै रहेर त्यहाँ अवस्थित पाईनवुड ट्रेनिङ हलिउड इन्सिचियुटमा अभिनय लगायतका कोर्सहरु समेत गरिरहेका छन् | यस्तै नेपाली चलचित्र अभिनयमा एक नया आयामको विकास गराउने प्रयासमा उनि छन् |

कलाकार संगै उनि बिमान चालक अर्थात् पाइलट पनि हुन् | धेरै किसिमको अनुभव समेटेर उनि नेपाली कला क्षेत्रमा अगाडी बढिरहेका छन् | उनले नाटकहरुमा समेत काम गरिसके भने नेपाली दिग्गज कलाकारहरु संग पनि उनले काम गर्ने अवसर प्राप्त गरिसके | आगामी दिन दर्शकहरुको लागि आफ्नो छुट्टै प्रस्तुति आउने विश्वास उनले ब्यक्त गरेका छन् | यस्तै उनले आफुलाई सधैव दर्शकहरुको सल्लहा सुझाब र साथ चाहिने हुँदा आफ्नो कामको मुल्यांकन गरी प्रतिक्रिया दिन उनले सबै दर्शकहरु संग अनुरोध गरेका छन् | हेर्नुस भिडियो अन्तर्वार्ता :

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड