साउथ इन्डियन स्वाद : ‘रणवीर’ टिजर

चलचित्र ‘रणवीर’ को टिजर सार्वजनिक भएको छ। माघ १८ लाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मको टिजरमा सुशील सिटौला र प्रशान्त ताम्राकारलाई एक्सन अवतारमा देखाइएको छ। चलचित्रको टिजरले एक्सनमा साउथ इन्डियन चलचित्रको झल्को दिन्छ।

गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मी निर्मित लभ तथा एक्सन ड्रामा फिल्ममा सिटौला र ताम्राकारसँगै शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । ‘रणवीर’ मा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको सङ्गीत रहेको चलचित्रलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड