‘टेम्पर’ को रिमेक ‘सिम्बा’ ट्रेलर रिलिज, एनटिआरको भूमिकामा देखिए रणवीर सिंह

शाहरुख खानको जिरो रिलिज भएको एकहप्ता पछि रिलिज हुने फिल्म सिम्बाको ट्रेलर रिलिज भएको छ । शाहरुखको जिरो २१ डिसेम्बरमा रिलिज हुँदैछ भने सिम्बा २८ डिसेम्बरमा रिलिज हुँदैछ । सिम्बा साउथ इन्डियण फिल्म ‘टेम्पर को रिमेक हो, साउथमा जुनियर एनटिआरले यो फिल्ममा अभिनय गरेका थिए । यता हिन्दी भर्सनमा भने रणवीर सिंहले अभिनय गरेका छन् ।

ट्रेलरमा रणवीर सिंह बहादुर प्रहरी अफिसरको भूमिकामा देखिएका छन् । रोहित सेट्टीद्धारा निर्देशीत सिम्बाको ट्रेलरमा सिंघमका केहि दृश्यहरु पनि राखिएको छ । ट्रेलर हेर्दा सिम्बा सिंघमकै कहानीबाट सुरु भएको जस्तो देखिन्छ । फिल्ममा रणवीर सिंह सँगै साराअलि खानको मुख्य भूमिका रहेको छ । सारा अलि खान बलिउड अभिनेता सेफली खानकी छोरी हुन् । साराद्धारा अभिनित फिल्म केदारनाथ डिसेम्बर ७ बाट रिलिज हुँदैछ । युट्युबमा सार्वजनिक सिम्बाको ट्रेलरलाई हेरेर मिश्रित प्रतिक्रिया आएको छ । अधिकांशले फिल्मको ट्रेलर मन पराएका छैनन् ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड