जुत्ता लुकाए बापत परिणितिले मागिन् ५ करोड, कति दिए निकले ?

बलिउड अभिनेत्री प्रियंका चोपडाको बिहेमा उनकी बहिनी परिणिती चोपडाले भिनाजु निक जोनससँग जुत्ता लुकाइदिएवापत ५ लाख डलर ९५ करोड नेपाली रुपैयाँभन्दा बढी० मागेको खबर सार्वजनिक भएको छ । सामाजिक संजालमा भाइरल भइरहेको खबरअनुसार परिणितीले ५ लाख डलर मागे पनि निकले कति पैसा दिए भन्ने कुरा भने अझैसम्म खुलेको छैन ।

यसअघि आइतबार बेलुका उम्मेद भवन महलको स्टाफ गेटजनिकैको बगैंचाबाट निकको जन्ती हिँडे । निकले हिदू रिवाजअनुसार शेरवानी र चुडीदार पाइजामा लगाएका थिए । उनले साफा लगाएर कम्मरमा तरवार पनि राखे । देशी विदेशी जन्तीले नाच्दै गाउँदै महल परिक्रमा गरेका थिए । वधु पक्षका तर्फबाट प्रियंकाकी आमा मधुले जन्तीको स्वागत गरेकी थिइन् । आइतबार यी दुईको हिन्दू रिवाजअनुसार विवाह भयो । यसअघि यी दुईको क्रिस्चियन रिवाजअनुसार विवाह भएको थियो ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड