२.० ले कमायो ४ सय करोड, हिन्दी भर्सनकै कमाई सय करोड

रजनीकान्त र अक्षय कुमारको फिल्म २.० को बक्स अफिसमा शानदार प्रदर्शन जारी छ । बिहीबार रिलिज भएको फिल्मले पहिलो दिन जुन रफ्तार लिएको थियो त्यो अहिलेसम्म जारी छ । फिल्मको हिदी संस्करणले मात्रै १०० करोड नाघेको छ । फिल्को हिन्दी संस्करणले १११.२५ करोड कमाएको ट्रेड एनालिस्ट रमेश बालाले जनाएका छन् । फिल्मका सबै संस्करणले पहिलो दिन भारतमा मात्रै ८ करोड कमाएको थियो । फिल्मले चेन्नइमा मात्रै दोस्रो ५ करोड कमाएको थियो । फिल्मले पहिलो दिन नै वल्र्डवाइड १०० करोडभन्दा धेरै कमाएको थियो । रमेश बालाले ट्वीटरमा लेखेअनुसार फिल्मले ४ दिनमै भारतीय बक्स अफिसमा २९८ करोड र ओभरसिजमा १०५ करोड कमाएको छ । सबै मिलाएर फिल्मले ४ दिनमा ४०३ करोड कमाएको छ ।

हिन्दी संस्करणको कुरा गर्दा फिल्म पाँचौं दिनको कलेक्सनसँगै १०० करोड क्लवमा सामेल भएको छ । यो यस वर्ष आएको १२ औं हिन्दी फिल्म हो जसले १०० करोड कमाएको छ । फिल्मको हिन्दी संस्करणले बिहीबार २०.२५ करोड, शुक्रबार १८ करोड, शनिबार २५ करोड, आइतबार ३४ करोड र सोमबार १४ करोड कमाएको छ । फिल्मको कूल बजेट करिब ६ सय करोड भएको बताइएको छ । यो फिल्म तमिल, तेलुगु र हिदी गरी ६ हजार ८ सय स्क्रिनमा रिलिज भएको थियो । यो फिल्म २०१८ मा आएको फिल्म एन्थिरनको सिक्वेल हो ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड