शाहरुखको फिल्म ‘जीरो’को दोस्रो गीत रिलिज, कट्रिनाको बोल्ड अवतार

शाहरुख खानको फिल्म जीरोको दोस्रो गीत ‘हुस्न पञ्चम’ आज रिलिज भएको छ । गीतमा कट्रिना कैफको हट डान्स देख्न सकिन्छ । फिल्ममा कट्रिनाको भूमिका सुपरस्टार हिरोइनको भएको र उनको फिल्म हेर्नको लागि उनका फ्यान शाहरुख खान थिएटरमा गएको कथा गीतमा देखिन्छ ।

गीतमा भूमि त्रिवेदी र राजा कुमारीको स्वर छ । इरशाद कामिलको शब्दमा अजय अतुलले संगीत दिएका छन् । फिल्ममा हिरोइन बबिता कुमारीको भूमिकामा कट्रिना देखिँदैछिन् । फिल्म यही डिसेम्बर २१ मा रिलिज हुँदैछ । हेर्नुहोस् गीतको भिडियो –

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड