कपिल शर्माको नयाँ शो को प्रोमो सार्वजनिक (भिडियो सहित)

कमेडियन कपिल शर्मा आफ्नो चर्चित प्रोग्राम ‘द कपिल  शर्मा शो’ बाट टिभीमा कमब्याक गर्दैछन् । कपिलले शो को शूटिंग पनि शुरु गरिसकेका छन् । शो को नयाँ प्रोमो सार्वजनिक गरिएको छ । प्रोमोमा सलमान खान, सलीम खान, रणवीर सिंह र सारा अली खान देखिएका छ । सबै स्टारहरु मज्जाले हासेको देख्न सकिन्छ । केही समय पहिला पनि कपिलको नयाँ शो को प्रोमो सार्वजनिक गरिएको थियो । तर, सो प्रोमोमा शो कहिले शुरु हुन्छ भन्ने जानकारी दिइएको थिएन ।

नयाँ सेटको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । रिपोट्र्सका अनुसार उनको शो को पहिलो सेलिब्रिटी गेस्ट बलिउड सुपरस्टार सलमान खान हुनेछन् । यसपछि रणवीर सिंह र सारा अली खान सिम्बाको प्रमोटका लागि शो मा पुग्नेछन् । कपिलको गएको शो मा साथै रहेका चन्दन, कीकू शारदा र सुमोना चक्रवर्ती नयाँ सीजनमा पनि उनीसँगै हुनेछन् । शो मा रोशेल रावका साथै कमेडियन भारती सिंह र कृष्णा अभिषेक पनि देखिनेछन् ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड