सारा अलि खानले गरिन् नेपाली भाषामा नेपालीलाई सम्बोधन

चलचित्र ‘केदारनाथ’मार्फत बलिउडमा पाइला टेकेकी सारा अली खानले नेपाली लवज सहित नेपालीलाई सम्बाेधन गरेकाे भिडियाे सामाजिक सञ्जालमा नेपालीहरुले खूबै रुचाएका छन् । साराकाे डेब्यू फिल्म केदारनाथले नेपालबाट अत्यधिक माया पाएको भन्दै उनले खुखी हुँदै नेपालीलाई सन्देश पठाएकी हुन् । आफ्नो फेसबुकमार्फत उनले नेपालीलाई धन्यवाद दिँदै भनेकी छिन्- ‘नमस्ते, कस्तो हुनुहुन्छ नेपाल ?’

थाेरै शब्दमा भए पनि उनले नेपाली भाषाबाटै आफ्ना नेपाली दर्शकलाई सम्बाेधन गरेकी हुन् । उनले भिडियाेमा थप भनेकी छिन्, ‘केदारनाथका लागि नेपालबाट अत्यधिक माया, उत्प्रेरणा पाएकोमा निकै खुसी छुँ । सोसल मिडियामा पाइरहेको तपाईंहरुको मायाका लागि हामी निकै आभारी छौं ।’ उनले ‘देवी-देवता’को देशका रुपमा लिँदै ‘तमाम सुन्दर महिला र प्यारा बहादुर पुरुषहरुलाई धन्यवाद दिएकी छिन् । भिडियो फेसबुकमा आएपछि उनका थुप्रै नेपाली फ्यानले कमेन्ट र शेयर गरेका छन् ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड