सत्याकृत ब्याण्डको ‘सागरहरु पौडिएर’ सार्वजनिक

राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा मानव सभ्यतामा सकरात्मक रुपान्तरण ल्याउनको निमित्त सञ्चालित सत्याकृत फाउण्डेशनले हालै बजारमा “सागरहरु” बोलको गीत सार्वजनिक गरेको छ। सार्वजनिक गितमा सुर साधुको स्वर रहेको छ भने बिदुर न्यौपानेको शब्द रहेको छ। गीत सगिंतको माध्यमबाट व्यक्ति समाज तथा प्रकृति स्वयंमा पनि सकरात्मक रुपान्तरण ल्याउन सकिन्छ भन्ने दृढ विश्वासका साथ सत्याकृत फाउण्डेशनले सत्याकृत ब्याण्ड मार्फत देशभक्ति ,गुरुभक्ति र ईश्वरभक्तिमा आधारित गीत सगिंत पस्कदैं आएको छ।

सारा विश्वभरि सगिंत मार्फत सत्यको सन्देश छर्ने उदेश्यले स्थापना गरिएको यो ब्याण्डले हाल सम्म राष्ट्रीय तथा अन्तराष्ट्रीय स्तरमा ठूला ठूला सागिंतिक कार्यक्रमको आयोजना गरि सत्य अनि शान्तीको सन्देश दिदैं आएको छ। कुलतमा फसेका अरु धेरै विकृत मानसिकता बोकेका हजारौं मानिसलाई सत्याकृत ब्याण्ड ले सगिंत र ज्ञान मार्फत सकरात्मकता तिर रुपान्तरण गरि समाजमा शान्ती र सन्तुलन बनाइ राख्न सफल हुंदै गएको दाबी सत्याकृत फाउण्डेशन का अध्यक्ष विजय गौतमको छ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड