प्रमोदको गीतमा कविता र दिव्यको रोमान्स (भिडियो)

चर्चित डान्स रियालिटी शो ‘बुगी वुगी’ की विजेता कविता नेपाली र दिव्य दाहाल फिचर्ड ‘खस्यौली’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । राजधानी आसपासका रमणीय स्थानहरुमा खिचिएको गीतमा रोजल थापाको निर्देशन छ । चर्चित गायक प्रमोद खरेलको स्वर रहेको गीतको शब्द निर्देशक थापा स्वयंले लेखेका हुन् । सार्वजनिक गीतमा विनय केटोको संगीत सुन्न सकिन्छ । गीतको भिडियोलाई चन्द्र कुमार पुराजुलीले निर्माण गरेका हुन् । विरेन्द्र भट्टको छायांकन रहेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् । कविता र दिव्यलाई बद्रि विष्टले नचाएका छन् । निर्देशक थापा बजारको मागअनुसार गीतको भिडियो निर्माण गरिएको बताए ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड