वर्षा र संजोगको विहे पक्का, यस्तो छ तयारी

नायिका वर्षा राउत र संजोग कोइरालाले विहे गर्ने कुरा पक्का भएको छ । यो कुराको पुष्टि नायिका वर्षाले स्वयम फेसबूक मार्फत गरेकि हुन् । उनले फेसबूकमा विहेको निमन्त्रणा कार्ड पनि राखेकि छिन् । यसको मतलब उनीहरु विहेको ब्यापक तयारीमा छन् । उनीहरुको विहे फेब्रेअरी १४ अर्थात बैशाख २ गते हुँदैछ । बैशाख २ भ्यालेन्टाइन् डे हो । लामो समय लेखि ओपन रिलेशनसिपमा रहेका उनीहरुको विहे अब भ्यालेन्टाइन् डेको दिनमा हुँदैछ ।


विहेको सपिङका लागि उनीहरु मुम्बई पुगेको बुझिएको छ। वर्षाले फेसबूकमा विहेको निमन्त्रणा कार्ड राखेपछि उनका शुभेच्छुक तथा फ्यानहरुले बधाई दिएका छन् । वर्षा र संजोग दुबै फिल्म क्षेत्रमा सक्रिय छन् । संजोगको तुलनामा वर्षाले फिल्म क्षेत्रबाट सफलता पाइरहेकी छिन् भने संजोग फिल्मसँगै ब्यवसायमा पनि सक्रिय छन् । विहे कहाँ र कसरी हुन्छ भन्ने कुरा भने खुलाइएको छैन् । विहे सामान्य तरिकाले गरे पनि विहेको भोज भने भब्य गर्ने तयारी वर्षा र संजोगको परिवारको छ ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड