रिलिज भयो ‘रणवीर’को ट्रेलर

फिल्म ‘रणवीर’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच फिल्मको ट्रेलर सार्वजनिक गरिको हो । बदलाको कथा झल्किने ट्रेलरमा फिल्मका दुई मुख्य कलाकार सुशिल सिटौला र प्रशान्त ताम्राकारबीचको टकराबलाई प्रस्तुत गरिएको छ । फिल्मको ट्रेलरमा प्रेम, एक्सनलाई समेटिएको छ ।

 

यो फिल्ममा सुशिल र प्रशान्तको अलावा शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रबि गिरी, हरिहर शर्मा, टिका पहारी, नरेश पौडेल, भोला राज सापकोटा, जीवन भट्टराई, जगदिष रिजाल, बसन्ती भट्ट लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाई गोविन्द सिहं भण्डारीले निर्देशन गरेका हुन् । फिल्ममा निर्देशक भण्डारीको कथा, पटकथा, संवाद रहेको छ । यो फिल्म माघ १८ गतेबाट दर्शकमाझ रिलिजमा आउँदैछ ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड